नपरे असिना राराताल ढल्काउन्या गरी
रारामा जलवायु सम्मेलन
रारा (मुगु), कार्तिक १३ - नपरे
असिना
भिनाजु
राराताल
ढल्काउन्यागरी
।
गरिबका
पसिना
भिनाजु
कहिले
जान्याहुन्
क्यागरी
।
समुद्रिसतहदेखि झण्डै तीन हजार मिटर उचाईको सुन्दर रारा ताल छेउमा सजाईएको टेन्टभित्र जब खत्याडका कल्से नेपाली मुगाली लबजमा गुन्जिए, सयौंको ध्यान उनैतिर केन्द्रित भयो ।
रारा जलवायु सम्मेलन उद्घाटनका अवसरमा बिहीवार कल्से नेपालीले गाएको गीतका शब्दले कार्यक्रमको समग्र उद्देश्य प्रष्ट्याईरहेको थियो । जलवायु परिवर्तनका कारण देखा परेका विभिन्न स्थानिय समस्यालाई उठान गर्नेक्रममा फेरी उनले गाएः
कार्तिक
८ को
असिनाले
भिनाजु
बाली
सखापै
भया ।
खत्याड
गाउाका
भिनाजु
मार्सी
धानको
ज्युला
सखापै
भया ।
दृष्टिविहीन कल्से नेपालीले उठाएजस्तै हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्युनीकण प्रयास तथा अन्तराष्टिय समुदायको ध्यानाकर्षण गर्न रारा तालकै छेउमा जलवायु सम्मेलन गरिएको हो । हिमालीक्षेत्रमध्ये पनि कणर्ालीका जिल्लामा सबैभन्दा बढी असर परेकाले मानव गरिबीका दृष्टिले सबैभन्दा गरिब ५ मध्ये तीन यहीं परेकाले मुगुमा कार्यक्रम गरिएको हो ।
विज्ञान, प्रविधि तथा वातवारण मन्त्रालय एवं कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले संयुक्त आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा योजना आयोग उपाध्यक्ष प्रा.गोविन्द पोखरेलले जहातहीं मनपरी ढंगले खनिएका सडकका कारण पछिल्ला दिनहरुमा पहिरो र बाढीलगायतका प्राकृतिक विपत्ति निम्तिरहेकाले अब गरिने विकासमा अध्ययन आवश्यक भएको बताए ।
विकास गर्दा अब त्यो ठाउा अनुकुलन छ कि छैन त्यसतिर ध्यान दिनुपर्ने देखिन्छ नीति निर्माता, विशेषज्ञ, वातावरणविद्, जलवायु तथा विकासमा काम गर्ने विभिन्न राष्टिय तथा अन्तराष्टिय संस्थाका प्रतिनिधि सहभागी सम्मेलनमा उपाध्यक्ष पोखरेलले भने, परम्परागत ढंगले भईरहेको विकासमा अव परिवर्तन आवश्यक छ, अब यसमा परिर्वन गरेनौं भने हाम्रो विकास दिगो हुन सक्दैन । उनले उद्यमशिलताको विकास गर्नसके मात्रै कणर्ालीको विकास हुन सक्ने भएकाले प्रकृतीमा आधारित पर्यापर्यटनमा जोड दिने राज्यको नीति रहेको बताए ।
कर्णालीक्षेत्रमा विगतदेखि नै परम्परागत ढंगले हुने गरेका मार्सी धान, स्याउ, सीमि, आलु, फापरलगायतका बाली उत्पादनलाई जोगाउन तथा अनुकुलनको नमुनाका रुपमा विकास गर्न कर्णालीमा अनुकुलन अध्ययन केन्द्र स्थापनामा जोड दिने पोखरेलले उल्लेख गरे ।
योजना आयोगका पूर्व उपाध्यक्ष एवं भूगोलविद् प्रा.पीताम्बर शर्माले नखाएको विष लाग्दैन भन्ने उखानलाई जलवायु परिवर्तनले उल्ट्याईदिएको बताउादै यसमा नेपालको योगदान नगण्य भए पनि उच्च अवस्थिती भएको पहाडी मुलुक भएकाले जलवायु परिवर्तनको व्यापक र बढ्ता असर देखा पर्न थालेको उल्लेख गरे ।
खाद्य असुरक्षा, भोकमरीको व्यापकता कर्णाली जगाउने माध्यम बनेको भन्दै शर्माले राज्यको बेवास्ता, क्षयोन्मुख आत्मविश्वास, हीनताभास र आत्मकेन्दि्रत राजनीतिले कर्णालीलाई मगन्तेको तहमा पुर्याइदिएको उल्लेख गरे । उनले भने, उर्जा, जैविक विविधता र पर्यटनको प्रचुर संभावना भएर पनि राज्य शक्तिमा शुन्य पहुाचका कारणले कर्णाली नेपालमा गरिबीको किंवदन्तीमा छ ।
त्यसैपनि संकटग्रस्त कर्णाली जलवायु परिवर्तनले गर्दा अझै संकटग्रस्त हुन सक्ने संकेत गर्दै शर्माले जलवायु परिवर्तनको अनुकुलनको कुरा गर्दा सबैभन्दा पहिला संवन्धित वैज्ञानिक ज्ञानको आधारलाई फराकिलो पार्नुपर्ने बताए । बढ्दो तापक्रमले कर्णालीको जैविक जलवायु क्षेत्रलाई माथि धकेलिरहेको भन्दै यसले नयाँ रोग र किराहरुको फैलावट बढाउन सक्ने र जैविक विविधता नै नासिन सक्ने उल्लेख गरे ।
कर्णालीमा विपद र जोखिमलाई ध्यानमा राखेर रणनैतिक सडकको निर्माण गर्नुपर्नेतर्फ सचेत गर्दै शर्माले स्तरीय तर लचिलो सडक निर्माण प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । भने, पहुचका लागि सडक रोपवे र गोरेटोको जंजाल आवश्यक छ, कतिपय क्षेत्र त सडक निषेधित नै हुनुपर्छ ।
समुदायमा आधारित र बजार उन्मुख जडिबुटीको संरक्षण र प्रशोधन गर्न सके कर्णालीको जीवनस्तर उकासिने भन्दै उनले कर्णालीको परिवेशमा समुदायले वा सरकारले मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न नसक्ने भएकाले समुदाय, स्थानिय सरकार र गैर सरकारी निकायको हातेमालो जरुरी भएको उल्लेख गरे ।
संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले वातावरण संरक्षण, पर्यटन र विकासलाई सँगसँगै लगेमात्रै जनता लाभान्वित हुने बताए । जनता भोकै रहे भने रारा भएर केही फाईदा हुादैन अधिकारीले भने, कर्णाली हाँस्न सक्यो भने मात्रै रारा हुनुको फाईदा हुन्छ । समितिबाट कर्णालीको वृहत गुरुयोजना तयार गर्न सरकारलाई निर्देशन दिइसकेको बताउादै उनले पर्यटन, कृषी, उर्जा, शिक्षामा जोड दिए कर्णालीलीको विकास हुने उल्लेख गरे ।
हुम्लाका सभासद जीवनबहादुर शाहीले ५ ब अर्थात् बिजुली, बाटो, बन, बुटी र बिचार भए कर्णालीको विकास हुने बताए । मुगुका सभासद मोहन बानियाँले जलवायु परिवर्तनका कारण कर्णालीले भोगेका समस्या समाधान गर्न तथा विश्वको ध्यानाकर्षण गर्न सम्मेलन सहयोगी हुने आशा व्यक्त गरे ।
वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कर्णालीको विकास तथा जलवायु परिवर्तनको असर न्युन गर्ने कार्यत्रलम सञ्चालनकालागि आवश्यक पर्ने स्रोत साधन जुटाउन मन्त्रालय तत्पर रहेको बताए । शुक्रवारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रमा परेको असर, जैविक विविधता र वातावरणमा परेको असर, उर्जाक्षेत्रमा परेको असरलगायतबारे कार्यपत्र प्रस्तुत हुनेछन् । शुक्रवार रारा घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।
प्रकाशित मिति: २०७१ कार्तिक १३ ०५:२४
प्रकाशित मिति: २०७१ कार्तिक १३ ०५:२४

0 comments:
Post a Comment